पाल्पा। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बर्खा नसकिँदै हराउने खहरेको भेलसँग तुलना गरेका छन्। नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाको राजनीतिक यात्रा लामो समय टिक्ने देखिँदैन भन्ने धारणा राखे। उनका अनुसार, “एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्, रास्वपा पनि अब हराउँदै जानेछ।…