काठमाडौं । काठमाडौंमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/८२ का गतिविधिहरू समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको छ। शुक्रबारको कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन हस्तान्तरण गरे। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकका रूपमा उल्लेख गर्दै मुस्लिम आयोगको जिम्मेवारी महत्वपूर्ण भएको…