नेकपा एसमा वामदेव गौतमलाई केन्द्रीय विभाग संयोजक नियुक्त

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ नेता वामदेव गौतमलाई केन्द्रीय विभाग संयोजन गर्ने जिम्मेवारी दिएको छ। शुक्रबारको सचिवालय बैठकले यो निर्णय गरेको हो भने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। उनलाई आजै तेस्रो वरीयताको वरिष्ठ नेताको हैसियतमा शपथ खुवाइएको थियो। वामदेवसँग आएका नेताहरूको जिम्मेवारी भने पछि तोकिने जनाइएको छ।