प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ । राजदूत फिर्तामा सर्वोच्चको अन्तरिम आदेश उल्लंघन गरेर प्रधानमन्त्री कार्कीले अदालतको आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको…