काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् । अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको जनाएका छन् । उनको…