संसद् पुनर्स्थापना गरेर सर्वदलीय सरकार र संविधान संशोधन गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिबार पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा उनले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र उचित राजनीतिक निकास भएको जिकिर गरे । ‘संसद्को पुनर्स्थापना गर्ने । त्यसबाट सर्वदलीय/सर्वपक्षीय सरकार बनाउँला,’ ओलीले…