काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन संशोधन भएपछि लाइनभन्दा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएका छन्। उनले सोमवार समाजिक सञ्जालमार्फत सरकारमा आएको एक वर्ष पुगेको उल्लेख गर्दै एक वर्षका बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएको दाबी गरेका हुन्। उनले टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि नभएकाले अहिले सुरुवात गरिएको जानकारी…