काठमाडौं । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज विवादित ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्दै छन्। दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको…