काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार जहाँ पुग्यो त्यहाँ भ्रष्टाचार भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “भ्रष्टाचारबारे चित्रगुप्तलाई बयान दिन तयार छु भन्ने अभिव्यक्ति स्मरण होला ?” भन्दै कटाक्ष गरे । “तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ…