देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, लोकतान्त्रिक विधिबाट रोक्नुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई प्रतिक्रान्तितिर जान नदिने एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले भने, ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ ।’…