जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री पद मनोरञ्चनका लागि नभएको टिप्पणी गरेका छन् । आज पद तथा गोपनियताको शपथपश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सोनलले भने, ‘मुख्यमन्त्रीको पदमा इन्जोय गर्न आएको छैन, म काम गर्न आएको हुँ । मन्त्री हुँदा १६/१७ घण्टासम्म काम गर्थें । अब त्योभन्दा पनि बढी काम गरेर देखाउँछु ।’…