काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन् । प्रतिनिधिसभाका सभामुख–उसभामुख, राष्ट्रियसभाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख–उपसभामुखसँग आज शीतल निवासमा भएको भेटमा उनले नागरिकको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति बनाउन सके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जीकिर गरे । राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको…