काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटको ‘टेक एन्ड पे’को विषयमा अर्थ मन्त्रालयलाई संशोधनका लागि पत्र पठाएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले ‘टेक एन्ड पे’बारे अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भइरहेको र संशोधन हुने बताए । “दश मेगावाटसम्मका साना जलविद्युत् आयोजनाका साथै खपत वा निर्यात सुनिश्चितता…