काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले उनीविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो…