माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकबारे जानकारी दिँदै केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले भने, “आजको बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ।” माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने गरी सबै कमिटी भंग गर्ने प्रस्ताव अघि सारेका थिए।…