काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच पार्टी एकता गर्ने सहमति भएको छ । बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच अभियान संयोजक घनश्याम भूसाल र चन्द्रदेव जैशी नेतृत्वको नेकपा संयुक्तबीच एकता गर्ने सहमति भएको हो । दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । पार्टी एकताको घोषणा केही दिनभित्रै गरिने सहमतिपत्रमा उल्लेख छ ।…