काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको दाबी गरेका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिए । ज्ञानेन्द्रलाई दरबार हत्याकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको भन्दै उनले वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको टिप्पणी गरे…