एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो । महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ । प्रतिवेदन आज प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् । समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले…