काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन् । काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए । देउवाले भने, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यसकारण हामीले तपाईंहरूका कुराहरू लागू गर्न सक्दछौं।…