संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज आइतबार बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रतिनिधिसभा बैठकमा बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । त्यस्तै…