मैले राजनीति गर्न पाउनु संवैधानिक अधिकार हो : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति नरहेको बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजन गरी उनले राजनीतिक गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको जिकिर गरिन् । ‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्तिमा म छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ पूर्वराष्ट्रपति भण्डारीले…