काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अरनिको पाँडे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे । पाँडेले सामाजिक सञ्जालमार्फत एक महिलामाथि गालीगलौज गरेको आरोपमा बुधबार प्रहरीद्वारा पक्राउ परेका थिए । सो मुद्दामा अनुसन्धानका लागि अदालतले सुरुवातमा चार दिनको म्याद…