काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब पाँच अर्ब रुपियाँ उपलब्ध गराएको छ । “निर्वाचन गराउन हामीले सात अर्ब माग गरेका थियौँ । तत्काल चार अर्ब ९६ करोड बजेट प्राप्त भयो । अरू आवश्यक भए माग गर्न सकिने भनिएको छ,” निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने,…