काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलले पार्टीका सांसद नरहेका जिल्लामा संगठनात्मक गतिविधि, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधि सभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले सांसदहरूलाई आफ्नो निर्वाचित क्षेत्रबाहेक अन्य जिल्लाको संगठनात्मक जिम्मेवारी दिने निर्णय गरेको हो। संसदीय दलकी प्रमुख सचेतक बासना थापाका अनुसार…