काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले घूस मागेको भेटिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले परिवालाई समेत मुछेर आफ्नो चरित्रहत्या गर्ने काम भइरहेको बताए । “मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर, हाम्रो चरित्र हत्या गरेर आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ,”…