जनकपुर। जनकपुरधाममा आयोजित मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भन्सार राजस्व चुहावट, अवैध पैठारी र चोरी–निकासी रोक्न प्रहरीले विशेष सजग रहनुपर्ने बताएका छन्। अपराध नियन्त्रण, अनुसन्धान र लागुऔषध नियन्त्रणमा कडाइ गर्न आग्रह गर्दै उनले भने, “मधेसमा भन्सारबाट उठ्नुपर्ने राजस्व उठेको छैन। चुहावट बढेको छ, अवैध चोरी–निकासी पैठारी…