काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप समेत लगाए । व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए…