अध्यादेश राष्ट्रिय सभामा फेल हुन्छ : वर्षमान पुन

धनगढी । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन् । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले भने, ‘भूमि हीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो । तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको…