विमानस्थलको प्रेस मिटमा बसेनन् प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपश्चात पत्रकारहरुसँग साक्षात्कार नगरी उनी सिधै बालुवाटार प्रस्थान गरे । प्रधानमन्त्री उपस्थित नभएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको तर्फबाट भ्रमणबारे जानकारी गराए । विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री ओली त्यसो नगरि सिधै बालुवाटारतर्फ…