काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई हिम्मतवानहरूको पार्टी बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले डराउने वा हिम्मत नहुनेहरूको राजनीति र पार्टीमा खासै योगदान नहुने उल्लेख गरे। उनले भने, ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ, कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्,…