काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ । यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो। महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन्। थपिएको समयमा अनिवार्य रूपमा नवीकरणको काम सक्न निर्देशन…