रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेको रुसी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो निमन्त्रण दिएको उनको सचिवालयले जनाएको छ । रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रमुख कासिकोभले आगामी…