सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उनले यस्तो बताएका हुन् । उनले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताए । उनले दलहरू बिच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको जानकारी दिए ।…