मोरङ एमालेमा केपी ओलीका उम्मेदवार पछाडि

विराटनगर । एमाले मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली समर्थित उम्मेदवार पछि परेका छन् । जारी मतगणनामा अजम्बर राईले अग्रता लिएका छन् । ४ सय ३८ मत गणना हुँदा अध्यक्षका प्रत्यासी राईले २ सय २५ मत पाएका छन् । राईका प्रतिद्वन्द्वी राजकुमार ओझाले २ सय १२ मत प्राप्त गरेका छन्…