कहाँबाट उदायो शाही युवा शक्ति नेपाल ?

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले देश बचाउनका लागि आफूलाई साथ दिन गरेको आह्वानलाई समर्थन गर्दै शाही युवा शक्ति नेपालको आयोजनामा शनिबार युवाहरुको समूहले काठमाडौंको सामाखुशीदेखि नारायणहिटी संग्रहालयसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपालको झण्डा बोकेर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए…