‘नेपालले भारतको भूमि कहाँ मिचेको हो प्रधानमन्त्रीज्यू ?’

काठमाडौं । नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमि मिचेको हो भन्नेबारे जानकारी दिनुपर्ने बताइन् । प्रधानमन्त्री बालेन्द्र साहले संसद्को रोष्ट्रममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति आपत्ति…