काठमाडौं। संघीय संसद अन्तर्गतका ४ समितिका बैठकहरू बस्दैछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन । जसअनुसार अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग सबन्धित छलफल हुने भएको छ । जुन बैठकमा आर्थिक बर्ष २०८२÷८३ मा राष्ट्रिय योजना आयोगबाट भए गरेका मुख्य मुख्य कामकारबाही सम्बन्धमा, १६ औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको…