काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकामा बालेन शाहको एकलौटी शासन समाप्त हुँदै गएको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यकक्षमा लगाइएको ताला तोडिनु बालेन आतङ्कको अन्तको सङ्केत भएको बताएका हुन् । उनले भने, “बालेनले आफ्नै महानगरको प्रशासकीय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न…