काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । सोमबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए । उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर…