काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा सहितको राप्रपाको टोली महाकुम्भमा पवित्र स्नान गर्न भारतको प्रयागराजतर्फ प्रस्थान गरेका छन् । राप्रपाको उच्चस्तरीय टोलीमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, सहायक महामन्त्री ऋषिराज देवकोटा, केन्द्रीय सदस्यद्वय जनक सिंह र भीम शाही समेत सहभागी छन् । त्रिवेणीको सङ्गममा स्नान गरेर आशीर्वाद लिन राप्रपाको केन्द्रीय नेताहरूको टोली सोमबार भारततर्फ लागेको हो…