काठमाडौ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन्…