पार्टी एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टी एकढिक्का भएर यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । पोखरामा पार्टीले आयोजना गरेको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै देउवाले सहज नभए पनि असम्भव नभएको बताए…