पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा जितहार स्वभाविक हुने भएकाले जित्दैमा उत्ताउलो नहुन आग्रह गरेका छन् । कांग्रेस पोखरा महानगरको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई सम्हालिएर राजनीति गर्न सुझाएका हुन् । उनले भने, ‘राजनीतिमा जित हार हुन्छ । हार्दैमा सबै सकिँदैन, जित्दैमा उत्ताउलो हुन पर्दैन ।’ सभापति देउवाले माछापुच्छ्रे हिमाल कालो…