कांग्रेस–एमाले दुई दलीय व्यवस्था कायम गर्ने षड्यन्त्रमा छन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न लागिपरेको आरोप लगाएका छन् । उनले दुई दलीय व्यवस्था कायम गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध पार्टी चनाखो हुनुपर्नेमा जोड दिए । काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी…