असन्तुष्टि भए पार्टी बैठकमा राख्न सभापति देउवाको कांग्रेस सांसदहरुसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरुसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम…