काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले वर्तमान राजनीतिक परिस्थितिमा दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा आइतबार काठमाडौँमा बोल्दै उनले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने व्यक्तिको मुख्य दायित्व देश र लोकतन्त्रसँग जोडिएका विषयमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। उनले आफूलाई बिपी कोइरालाको राजनीतिक विरासतसँग जोडिएको जिम्मेवारीमा रहेको उल्लेख…