काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट विरगञ्ज पुर्याएको छ । सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पर्साबाट पक्राउ पूर्जी जारी भएकाले लामिछानेलाई आज पर्साको विरगञ्ज पुर्याइएको प्रहरीले जनाएको छ । लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ…