काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो राजकीय भ्रमण उत्तर छिमेकी चीनबाट हुँदै गरेको विषयमा भारतले अन्यथा रुपमा लिन नहुने बताए । कान्तिपुर टेलिभिजनले हिजो बिहीबार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा बिहीबार बोल्दै ओलीले आफ्नो चीन भ्रमणलाई लिएर आशंका गर्न जरुरी नरहेको बताए । ओलीले भारत र चीन नेपालका महान् छिमेकी भन्दै दुवैसँग सन्तुलित…