ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्नू : अदालत

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँचदिन म्याद थपको अनुमति दिँदै उक्त आदेश दिएको हो । आदेशमा भनिएकाे छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो…