सिरिजङ्गा–३ को उपनिर्वाचन : अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो । निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको…